अ-
अ+
डाउनलोड एप
Back
सामाजिक विकास समिति

समितिको कार्यक्षेत्र

सुदुरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिको कार्यक्षेत्र अन्तर्गत निम्नानुसार प्रदेश मन्त्रालयहरु रहेका छन् । 

  • सामाजिक विकास मन्त्रालय
  • भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
  • श्रम, सामाजिक न्याय र मानव अधिकार सम्बन्धी

समितिको काम, कर्तव्य र अधिकार

सामाजिक विकास समितिको आफ्नो कार्यक्षेत्रको परिधि भित्र रही गर्ने काम, कर्तव्य र अधिकार देहाय बमोजिमको रहने व्यवस्था सुदुरपश्चिम प्रदेश सभा नियमावलीको नियम १५३ मा निम्नानुसार उल्लेख गरीएको छ ।

Ø       सभाले समितिमा पठाएको विधेयकको समिक्षा गर्ने र सहमति भए अनुसार विधेयकहरुमा संसोधनको सिफारिस गर्ने ।

Ø       समितिले आफ्नो विषयक्षेत्र अन्तर्गतको जिम्मेवारीमा पर्ने सरकारी निकायको काम कारवाहीको अनुगमन, विश्लेषण एवं मूल्यांकन गरी प्रतिवेदन पेश गर्ने ।

Ø       सभा समक्ष नियम ६० बमोजिम प्रस्तुत हुन आएको आवेदनपत्र उपर जाँचबुझ गरी सभामा प्रतिवेदन पेश गर्ने ।

Ø       सभाको निर्णयद्घारा समिमिलाई दिइएको अन्य कुनै कार्य र जिम्मेवारी निर्वाह गर्ने ।

 

सभापति
मा. दिवान सिंह विष्ट
जेष्ठ सदस्य
पुरा हेर्नुहोस्
समिति सचिव


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain