प्रदेश सभा
प्रदेश सभा सचिवालय
सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली
धर्म राज पाठक
प्रदेश सभा सदस्य
समनुपातिक
कैलाली,
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| नाम | धर्म राज पाठक |
| Name | Dharm Raj Pathak |
| मोबाइल नं. | ९८५८४२००९७ |
| जन्म मिति | 2031-08-16 |
| जन्म स्थान | जोशीपुर गाउँपालिका वडा नम्बर १, कैलाली |
| स्थाई ठेगाना | धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर, कैलाली, कैलाली |
| बुवाको नाम | स्व. निलकण्ठ पाठक |
| आमाको नाम | स्व. महेश्वरादेवी पाठक |
| पति/पत्निको नाम | ज्ञानु कुमारी पन्त पाठक |
| सन्तान | दुई छोरा |
| शिक्षा | स्नातकोत्तर ( राजनीतिशास्त्र र समाजशास्त्र त्रिभुवन विश्वविद्यालय) |
राजनीतिक यात्रा :
- २०४५ सालमा तत्कालीन नेकपा (माले) को जनसंगठन अनेरास्ववियु (एकताको पाँर्चौं) को पञ्चोदय माध्यमिक विद्यालय कैलालीको प्रारम्भिक कमिटीको सदस्यता प्राप्त ।
- २०४६ को बैशाखमा तत्कालीन नेकपा (माले) को जनसंगठन अनेरास्ववियु (एकताको पाँर्चौं) को पञ्चोदय माध्यमिक विद्यालय कैलालीको प्रारमिभक कमिटीको सदस्य ।
- २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा अनेरास्ववियुको तर्फबाट सहभागिता ।
- २०४८ सालमा नेकपा (एमाले) को जनसंगठन अनेरास्ववियुको कैलाली बहुमखी क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्ष ।
- २०५० साल मंसिर ११ देखि १३ सम्म बुुटवलमा सम्पन्न नेकपा (एमाले) को जनसंगठन अनेरास्ववियुको शंकर पोखरेलको नेतृत्वमा बनेको १२ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य ।
- २०५२ मंसिर १० देखि ११ सम्म पोखरामा सम्पन्न नेकपा (एमाले) को जनसंगठन अनेरास्ववियुको योगेश भट्टराईको नेतृत्वमा बनेको १३ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य ।
- २०५२ साल चैत्र २० देखि २६ सम्म बिराटनगरमा सम्पन्न नेकपा (एमाले) को जनसंगठन अनेरास्ववियुको १३ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित ।
- २०५२ साल कात्तिक २० गते नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्त ।
- २०५४ साल फागुन २३ र २४ गते बसेको नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय परिषदको बैठकबाट केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र इञ्चार्ज निर्वाचित ।
- २०५५ साल मंसिर २४ देखि २९ सम्म काठमाण्डांैमा सम्पन्न नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियुको १४ आंै राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सम्पर्क विभाग प्रमुखमा निर्वाचित ।
- २०५६ असार ५ देखि ७ सम्म काठमाण्डौंमा सम्पन्न नेकपा (माले) को विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय परिषद बैठकबाट पुनर्गठित केन्द्रीय कमिटीको कोषाध्यक्ष मनोनित ।
- २०५८ मा नेकपा (माले) कैलाली जिल्ला कमिटीको सदस्य मनोनित ।
- २०५८ मा नेकपा (एमाले) र नेकपा (माले) बीच पार्टी एकिकरण पश्चातको कैलाली जिल्ला कमिटी सदस्य ।
- २०६० सालमा नेकपा (एमाले) कैलालीको सामाजिक संस्था विभागको सचिव ।
- २०६२ सालमा नेकपा (एमाले) सेती अञ्चल समन्वय कमिटीको सामाजिक संस्था विभागको सचिव ।
- २०६२÷०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनमा नागरिक अगुवाहरुको तर्फबाट सुदूरपश्चिममा सर्वप्रथम आन्दोलनको उठान गर्न महत्वपूर्ण भूमिका निर्वाह तथा आन्दोलनमा सक्रिय सहभागिता ।
- २०७१ सालमा नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य तथा सामाजिक सस्ंथा विभागको प्रमुख ।
- २०७५ साल जेठ ३ गतेका दिन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) वीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य ।
- २०७७ पौषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७ नम्बर प्रदेश कमिटी सदस्य मनोनित ।
- २०७७ साल फागुन २३ गते सर्बोच्च अदालतको निर्णय बमोजिम पुनर्गठित नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्यका रुपमा क्रियाशिल ।
- २०७८ साल असोज १५ देखी १७ गते सम्म ललितपुरको गोदावरीमा आयोजना भएको नेकपा (एमाले) को प्रथम विधान अधिवेशनमा कैलाली जिल्लाबाट प्रतिनिधिको रुपमा सहभागी भएको ।
- २०७८ साल मंसिर १० देखी १४ गते सम्म आयोजना भएको नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनमा कैलाली जिल्लाबाट प्रतिनिधिको रुपमा सहभागी भएको ।
- २०७८ साल मंसिर २५ र २६ गते भक्तपुरमा आयोजना भएको नेकपा (एमाले) को दोश्रो केन्द्रिय कमिटीको बैठकबाट सुदूरपश्चिम प्रदेश कमिटीको सचिवमा मनोनित भएको ।
- २०७८ साल पौष ८ गते आयोजना भएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा प्रदेश सचिव पदको सपथ लिई क्रियाशिल रहेको ।
- २०७९ साल मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट समानुपातिक तर्फबाट सुदूरपश्चि प्रदेश सभा सदस्यको उम्मेदवार ।
- २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित ।
अन्य संलग्नता
- २०४९ सालमा नेपाल पत्रकार संघ, जिल्ला कार्य समिति कैलालीको सस्थापक सदस्य
- २०५४ देखि २०५६ सम्म अनुमोदन साप्ताहिक (हाल दैनिक) को प्रकाशक÷सम्पादकको रुपमा काम गरेको ।
- झण्डै १५ बर्ष सुदूरपश्चिमको गैर सरकारी क्षेत्रको नेतृत्वदायी संस्था फाया नेपालको कार्यसमिति सचिव, अध्यक्ष र कार्यक्रम निर्देशकको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरी गैर सरकारी क्षेत्र ब्यवस्थापन, सामाजिक मृद्धा तथा समस्याहरु उठान तथा समाधान र समुदाय विकास सम्बन्धी अनुभव प्राप्त ।
ज्ञान, सीप तथा क्षमता
- माक्र्सवाद, लेनिनवादी संगठनात्मक सिद्धान्त र जनताको बहुदलीय जनवादकाबारेमा आधारभूत ज्ञान ।
- करिब ३० बर्ष राजनीतिक तथा सामाजिक विकासका क्षेत्रमा कार्य गरेको अनुभव ।
- समाजमा रहेको शक्ति संरचनाका कारण बिद्धमान गरिबी अबिकास, विभेद र अन्यायको बारेमा तथा उक्त सवालहरुलाई सम्बोधन गर्ने विषयमा राम्रो ज्ञान तथा बुझाई रहेको ।
- नेतृत्व सीप, संगठन निर्माण एवं ब्यवस्थापनमा बिशेष ज्ञान तथा अनुभव रहेको ।
- देशको राजनिितक, सामाजिक, आर्थिक बिषय तथा अन्तर्राष्ट्रिय राजनीतिकका बिषयमा ज्ञान रहेको ।
- विकासको अधिकारमुखी अवधारण, संघीय शासन प्रणाली लगायत बिभिन्न बिषयमा तालिम, कार्यशाला, अभिमुखीकरण तथा सहजीकरण सीप तथा अनुभव ।
- नागरिक समाज तथा नागरिक समाज संगठनहरुले उठान गर्ने सवालहरुमा अवधारणगत ज्ञान, सीप तथा अनुभव ।
- सुदूरपश्चिम प्रदेशको आर्थिक सम्बृद्धि र विकासका साथै यस क्षेत्रको संस्कृति, कला र भाषमा बारेमा ज्ञान रहेको ।
- सामाजिक संस्था संचालन तथा ब्यवस्थापन सम्बन्धि बिशेष दक्षता रहेको ।
- कम्युटरको प्रयोग तथा इमेल, इन्टरनेट तथा सामाजिक सञ्जालहरुको प्रयोगमा सम्बन्धमा राम्रो ज्ञान भएको ।
- विपद ब्यवस्थापन, आपतकालीन उद्धार तथा अन्तर्राष्ट्रिय मानवतावादी कानून तथा मानव अधिकार सम्बन्धी ज्ञान भएको ।
- नेपालको शिक्षा पद्धति, शिक्षा योजना तथा विकाससम्बन्धी ज्ञान भएको ।
- सामुदायिक तथा राष्ट्रिय विकासका लागि बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग समन्वय, सहजीकरण सीप, क्षमता र अनुभव भएको ।
- समुदायस्तरमा आम समुदायका मानिसहरुलाई संगठित गर्ने, नेटवर्क निर्माण तथा परिचालन सीप, क्षमता र अनुभव भएको ।
- बिभिन्न खालका योजनाहरुको निर्माण, बित्तीय आंकलन, योजना परीक्षणका मापदण्ड निर्माण तथा योजना कार्यान्वयनमा विशेष ज्ञान तथा अनुभव भएको ।
सामाजिक संस्थाहरुमा बर्तमान संलग्नताः
- आजीवन सदस्य : नेपाल रेडक्रस सोसाइटी
- आजीवन सदस्य : नेपाल नेत्रज्योति संघ
- आजिवन सदस्य : सुदूरपश्चिम साहित्य समाज
- आजीवन सदस्य : फाया नेपाल
- सल्लाहकार : मानव अधिकार संरक्षण मञ्च, सुदूरपश्चिम प्रदेश समिति
- सल्लाहकार : राष्ट्रिय मानव अधिकार एलाइन्स, सुदूरपश्चिम प्रदेश समिति
प्रकाशनः
- राना थारुको राजनीतिक सहभागिता (एम. ए. राजनीतिशास्त्र, थेसिस)
- राजी समुदायको जीवन निर्वाह रणनीतिः एक अध्ययन (एम. ए. समावशास्त्र, थेसिस)
- बिभिन्न बिषयहरु खासगरी राजनीतिक, आर्थिक तथा सामाजिक बिषय संग सम्बन्धित अध्ययन, लेख तथा रचनाहरु स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, अनलाइन पोर्टल तथा पार्टीको मुखपत्र नवयुगमा प्रकाशित ।
- प्रदेश तथा राष्ट्रिय स्तरमा विकासका मुद्धाहरुमा बिभिन्न लेख रचनाहरु प्रकाशित ।
- बिभिन्न बिषयका कार्यपत्रहरु लेखनका साथै जिल्ला, प्रदेश र राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुत ।
बैदेशिक भ्रमण :
भारत, चीन, बंगलादेश (३ पटक), मलेशिया (२ पटक), सिंगापुर, थाइल्याण्ड (४पटक), दक्षिण कोरिया (३ पटक) जापान, कतार, केन्या (२ पटक) मेक्सिको, भियतनाम लगायतका देशहरुमा आयोजित तालिम, कार्यशाला तथा विशव सम्मलेनमा सहभागी ।
भाषागत ज्ञानः
नेपाली, अंग्रेजी, हिन्दी, थारु, डोटेली
© 2026. प्रदेश सभा,
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain