अ-
अ+
डाउनलोड एप
Back
अर्जुन बहादुर थापा

प्रत्यक्ष
बझाङ, १

नेपाल कम्युनिष्‍ट पार्टी (एमाले)
नाम अर्जुन बहादुर थापा
Name Arjun Bahadur Thapa
जन्म मिति 2012-12-24
जन्म स्थान खप्तड छान्ना गाउँपालिका २ देहली, बझाङ
स्थाई ठेगाना खप्तड छान्ना गाउँपालिका २ देहली, बझाङ, बझाङ
अस्थायी ठेगाना धनगढी उपमहानगरपालिका १, शिवनगर, कैलालि,
बुवाको नाम जंग बहादुर थापा
आमाको नाम राइकाेशा देवी थापा
पति/पत्निको नाम पाउसरा देवी थापा
सन्तान छाेरा ३ जना, छाेरी ५ जना
शिक्षा स्नातक( भूगाेल, अर्थशास्त्र, शिक्षा)

राजनीतिक यात्रा :

२०४७ मा जेष्ठ नेकपा (एमाले)  बझाङकाे संस्थापक सदस्य, २०५८ मा नेकपा (एमाले) कार्यालय सचिव र २०६२ मा नेकपा (एमाले) जिल्ला कमिटिकाे कार्यालय सचिव, २०६६ मा अध्यक्ष, २०७० मा नेकपा (एमाले) सेति अञ्चल समन्वय कमिटी सदस्य, २०७४ मा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, २०७४ मा सुदूरपश्चिम प्रदेश सभा बझाङ क्षेत्र नं. १ (१) बाट निर्वाचित, २०७४ मै प्रदेश सभाकाे सभामुखमा निर्वाचित ।

जेल/यातना ः

  • २०५२ साल नेपाल  राष्ट्रिय शिक्षक संगठन केन्द्रकाे अाहवानमा सिंहदरवार भित्र घण्टी बजाउने कार्यक्रमबाट १ दिन प्रहरी हिरासत 
  • २०६२/०६३ को जनआ न्दोलनमा धनगढीमा १ दिन प्रहरी हिरासत 

अनुभब ः

२०५७ मा नेपाल बुद्दिजिबि परिसद बझाङको संस्थापक अध्यक्ष २०३७ मा नेपाल राष्ट्रिय शिक्षक संगठन  बझाङकाे संस्थापक सहसचिव, २०४१ मा अनेरास्ववियुकाे सदस्यता प्राप्त, २०४६ मा नेपाल  राष्ट्रिय शिक्षक संगठन बझाङकाे अध्यक्ष, २०५० मा गठन केन्द्रिय सदस्य 

प्रकाशित कृतिहरू ः

कम्युनिष्ट अान्दाेलनकाे एक झलक (विश्व, नेपाल, बझाङ), मार्क्सवादकाे सिर्जनात्मक प्रयाेग जनताकाे बहुदलिय जनवाद, खप्तडकाे एक चिनारी (प्रकाशनकाे लागि तयार), जिवनकाे ऐना ( प्रकाशनकाे लागी तयार)

बिगतको पेशा :

  • २०२८ सालदेखि २०४० सालसम्म नि. मा. वि.  प्रअ 
  • २०४३ सालदेखी २०५५ सम्म मा. वि प्राअ 

याेगदान ः

  • बझाङको विभिन्न स्थानमा बिद्दयालय स्थापना गर्न काम गरेकाे ।
  • सरस्वती मा. वि मा २० महिनासम्म निःशुल्क अध्यापन गरेकाे ।
  • खप्तड मा. वि. र लामाताेला मा. वि. खाेल्न नेतृत्व दिएकाे ।
  • उच्च मा. वि. खाेल्न काम गरेकाे ।
  • बझाङ जिल्लालाइ उज्यालाे जिल्ला बनाउने, खुल्ला दिशामुक्त बनाउने र प्रत्येक गाविससँग सडक सञ्जालले जाेड्ने काममा याेगदान गरेकाे ।
  • सेति नदिमा काठेपूलद्वारा गाडि चलाउने याेजना बनाउने ।
  • सामाजिक कुरिति, अन्धविश्वास, महिला हिंसा, जातिय छुवाछुत हटाउन भूमिका निर्वाह गरेकाे ।





© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain